भुटानी शरणार्थी ठगी प्रकरणमा सचिव टेकनारायण पाण्डे पक्राउ

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–नेपाली नागरिकलाई भुटानी शरणार्थी भन्दै ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरिएको हो ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्डेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार पक्राउ गरेको हो । मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।

भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।

आफूमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । 

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब ९ सय जनालाई ठगी गरेको थियो । जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन् । 

इन्द्रजित राईका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने नेपालबाहिर गएको आशंका छ । गिरोहका नाइकेको बयानअनुसार राईका बाबुछोराले २०७६ असारदेखि चैतसम्म साढे ५ करोड लिएका थिए ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्