विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघको प्रभातफेरी

बुधबार, वैशाख २०, २०८०

काठमाडौं –विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रभातफेरी गरेको छ ।

बुधबार बिहान सिनामंगलबाट सुरु भएको प्रभातफेरी महासंघको कार्यालय सञ्चारग्राममा पुगेर टुंगिएको थियो । प्रभातफेरीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि सहभागिता जनाइन् ।

यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्