केन्याले सुडानबाट ४०९ आफ्ना नागरिकलाई स्वदेश फर्कायो

बुधबार, वैशाख २०, २०८०

नैरोबी– केन्याले अप्रिल १५ मा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको द्वन्द्व सुरु भएदेखि हालसम्म सुडानबाट चार सय नौ जना आफ्ना नागरिकलाई बाहिर निकालेको छ ।  

सरकारी अधिकारीले मङ्गलबार जनाएअनुसार विदेश र डायस्पोरा मामिला मन्त्रालयका सचिव अल्फ्रेड मुटुआले केन्याको राजधानी नैरोबीमा पत्रकार सम्मेलनमा सो बारे जनाकारी दिएका हुन् ।

‘निकासी प्रक्रिया अझै खुला छ र हामीले सुडानमा एउटा टोली राखेका छौँ, जसले सुडान छोड्न इच्छुक केन्यालीहरूसँग नजिकबाट काम गरिरहेको छ,’ मुटुआले भनेका छन् ।

उनले पूर्वी अफ्रिकी राष्ट्रले सुडानमा केन्यालीहरूलाई सहयोग गर्न स्रोत र प्राविधिक सहयोग पनि जारी राखेको उल्लेख गरेका छन् ।

दक्षिण सुडान र इथियोपियाले पनि केन्यालीलाई आफ्नो सिमाना पार गरेर केन्या पुग्न सहयोग गरेको उनले बताए ।

सुडानी सशस्त्र बल ९एसएएफ० र ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीचको झडपमा मृत्यु हुनेको सङ्ख्या पाँच सय पुगेको र हजारौँ घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०५:४२
प्रतिक्रिया दिनुहोस्