दार्चुलामा हिमपहिरो : ९ जना हराइरहेको आशंका, बझाङमा महिला बेपत्ता

मंगलबार, वैशाख १९, २०८०

दार्चुला–दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा हिमपहिरो गएको छ । 

मंगलबार दिउँसो गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका स्थानीय हराइरहेको आशंका गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरो गएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली गएका छन् । 

बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए । यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ । 

यस्तै, बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन् । 

सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झलनादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन् । 

उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएको समय बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्