४.२७ अंकले घट्यो सेयर बजार

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं–सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ४.२७ अंकले  घटेर १८६६.४० विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स १.१२ अंकले  घटेर ३५७.०२ विन्दुमा अडिएको छ । मंगलबार २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कम्पनीको ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको सेयर खरिदबिक्री भयो ।

यसदिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक बिक्री भयो । सो कम्पनीको सेयर ८.२० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो । सो कम्पनीको २ करोड ४४ लाख मूल्य बढिको सेयर कारोबार भयो ।

नेपाल दूरसंचार कम्पनीको सेयर २ करोड  २८ लाख मूल्यको सेयर कारोबार भयो भने शिवम् सिमेन्टको २ करोड १५ लाख मूल्यको सेयर कारोबार भयो ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६ को घट्यो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्