चीनको रासायनिक कारखानामा विस्फोट : ५ जनाको मृत्यु

मंगलबार, वैशाख १९, २०८०

जिनान– पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ सहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एकजना अझै बेपत्ता छन् । खोजी र उद्धार प्रयास जारी छ।

घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको  जनाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०६:०१
प्रतिक्रिया दिनुहोस्