नेभिगेशन
समाज विविध

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु

जनकपुरधाम–धनुषाको सबैला नगरपालिका– १२ रघुनाथ पुरमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने अर्का एक बालिका घाइते भएकी छिन् ।

मृत्यु हुनेमा सबैला नगरपालिका– १२ सिर्खाटोलका ७ वर्षीय बालक रियान यादव छन् । सोही ठाउँकी बालिका राधी कुमारी घाइते भएकी हुन् । 

सोमबार विद्यालयबाट घर जाँदै गर्दा प्रदेश २–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा रियानको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि टिपरका चालक फरार भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध