भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

सोमबार, वैशाख १८, २०८०

काठमाडौं–भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाललाई पठाएको छ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल  र डिजेल लगायतको मूल्य घटेको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसा घटेको हो ।

हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच सम्झौता छ । जसअनुसार इण्डियन आयल कर्पोरेशनले मइ १ तारिखमा नयाँ मूल्य पठाएको हो ।

नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ ।

अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर र डिजेलमा १६५ रुपैयाँ प्रतिलिटर कायम छ । यही मूल्य कायम रहेमा नियमको नाफा प्रति १५ दिनमा १ अर्ब नाघ्ने छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार