९४.५ प्रतिशत जापानीलाई मूल्यवृद्धिको असर 

सोमबार, वैशाख १८, २०८०

टोकियो– बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४।५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् ।

त्यसैगरी ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन् ।

फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका एक हजार ९८१ उत्तरदातालाई सहभागी गराइएको थियो । त्यसको ५६ प्रतिशत उत्तरदाताले लगातार तेस्रो त्रैमासिकसम्म महङ्गीको महशुस गरेको बताएका छन् ५० प्रतिशतभन्दा बढीले अत्यधिक मूल्य बढेको बताएका छन् ।

पछिल्ला तीन सर्वेक्षणमा सहभागीमध्ये आधाले आफ्नो आम्दानी उस्तै रहेको बताएका छन् भने मानिसहरूको सङ्ख्यामा क्रमिक वृद्धिले खर्चको लागत बढेको बताएका छन् । 

हरेक तीन महिनामा गरिने सर्वेक्षणमा अधिकांश उत्तरदाताले खाना, त्यसपछि दैनिक उपभोग्य वस्तु र विद्युतीय उपकरणमा खर्च बढेको देखाएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०५:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार