नेभिगेशन
समाज विविध

मधेशका मुख्यमन्त्रीको जब गोजी नै काटियो...

जनकपुरधाम-मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो २ पटक गोजी काटिएको बताएका छन् । मिटरब्याज पीडितको समस्या समाधान गर्न गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमा जनकपुरधाममा  मुख्यमन्त्री यादवले गृहमन्त्री नारायणकाजी श्रेष्ठ अगाडी नै आफै असुरक्षित बनेको गुनासो पोखेका हुन् ।

प्रहरी समायोजन नहुँदा प्रदेशका जनता असुरक्षित बनेको र भ्रष्टाचार मौलाउँदै गएको उनले बताएका छन् । यादवले प्रदेशका जनतामात्रै नभएर आफू पनि असुरक्षित बनेको गुनासो गरेका छन् ।

मुख्यमन्त्री यादवले सभामुख हुँदा गृह जिल्ला गएको बेला गोजी नै काटिएर ५० हजार रुपैयाँ चोरी भएको सुनाए । उनले भने, ‘अस्ति जसपा अध्यक्ष उपेन्द्र यादवको विजयी जुलुसमा गएको थिएँ । त्यो दिन पनि मेरो गोजीबाटै रुपैयाँ चोरी भयो ।’

‘अध्यक्ष यादव उपनिर्वाचनमा विजय भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएको बेलामा आफ्नो खल्तीबाट पैसा चोरी भयो । मेरै घरको २ किलोमिटर पर उपेन्द्रजीको विजय जुलुस आयो । म त्यहाँ गएँ । मेरो खल्तीबाट पैसा चोरिदियो’, उनले भने ।

उनले प्रश्न गरे, ‘जहाँ मुख्यमन्त्री र मन्त्रीहरू नै असुरक्षित छन् भने जनता कसरी सुरक्षित हुन्छन् ?’ उनले प्रहरी समायोजन नहुँदा प्रदेशका जनता असुरक्षित बनेको र भ्रष्टाचार मौलाउँदै गएको बताए ।

प्रहरी समायोजन नहुँदा पनि शान्ति सुव्यवस्थामा असर गरेको उनको भनाइ छ । समायोजन नगरे पनि समन्वयमा काम गरिदिँदा पनि समस्याको समाधान निकाल्न सकिने उनको मत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मन्त्रिपरिषद्को बैठक आज बस्दै