कोरोना अपडेट

कोरोना अपडेट : थप एकको मृत्यु, ३ सय ६१ सक्रिय संक्रमित 

संस्थागत आइसोलेसनमा २७, आइसीयूमा ८ र भेन्टिलेटरमा १ जना उपचारत
शनिबार, वैशाख १६, २०८०

काठमाडौँ– कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । 

सक्रिय संक्रमित तीन सय ६१ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू)मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्