‘ए’ डिभिजन लिग : एनआरटीद्वारा थ्री स्टार पराजित

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

एनआरटीका लागि एकमात्र निर्णायक गोल संजिव विष्टले खेलको ३७ औं मिनेटमा गरेका थिए । जितसँगै एनआरटी १६ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ भने थ्री स्टार २२ अंकका साथ तालिकाको दोश्रो स्थानमा छ । पराजयसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । 

तालिकाको शीर्ष स्थानमा २३ अंकका साथ जावलाखेल रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार