एमालेले टुंग्यायो संसदीय समितिका सदस्य, ‘फरार अभियुक्त’ उद्योग समितिमा

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ ।

प्रतिनिधिसभाका वटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय संसद् सचिवालयमा नामावली बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए ।

सभामुख देवराज घिमिरेलाई बुझाइएको विवरणअनुसार ‘फरार अभियुक्त’ रहेका सांसद लक्ष्मी महत्तो कोइरी पनि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

मधेस आन्दोलन–२ का क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको पुष्टि गर्दै अदालतले सजाय सुनाएपछि उनी फरारको सूचीमा छन् ।

यस्तै, विवरणअनुसार सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहने भएका छन् ।

यस्तै अर्थ समितिमा पूर्वअर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्