‘ए’ डिभिजन लिग : फ्रेन्ड्स र एपीएफले बराबरीमा अंक बाँडे

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेलेका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा फ्रेन्ड्स र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेलको २७ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै एपीएफ १३ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १० औं स्थानमा रहेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार