नेभिगेशन
समाज विविध

तीन प्रदेशका पहाडी भू-भागमा क्षणिक वर्षाको सम्भावना

काठमाडौँ - पश्चिमी वायुको र स्थानीय वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध