कोरोना अपडेट : एक जनाको निधन, ८२ संक्रमित थपिए

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन मन्त्रालयकाे आग्रह
बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो । 

यसैगरी आज एक हजार ६  सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ । उपचारपछि आज ६५ जना घर फर्किएका छन् । 

यस्तै, काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष ्(आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्