‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले न्युरोडलाई, पुलिसले मनाङलाई हरायो

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिम एनआरटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

खेलको १४ औं मिनेटमा राफिक अमिनुुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को जित दिलाए । 

फ्रेन्ड्सको यो चौंथो जित हो । फ्रेन्ड्सले १२ खेलमा १४ अंक जोडेको छ । एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ ।

त्यस्तै, मंगलबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । 

पुलिसको जितमा मुहमद आसिकले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । जितसंगै पुलिसले १२ खेलमा ९ अंक जोडेको छ । मनाङ १२ खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । 

यस्तो छ आजको अंक तालिका

a_division_league_baisakha121682435422.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्