कोरोना अपडेट

थप १३६ जनामा कोरोना संक्रमण, ४ आइसीयूमा 

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५ सय ९१ नमुनामध्ये १ हजार १९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना  र ५ सय ७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १ सय ३६ जनामा कोरोना देखिएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ९० पुगेको छ । हात संस्थागत आइसोलेशनमा २७ जना, आइसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सीमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्