सात लाखभन्दा बढीे नक्कली नोटसहित एक महिला पक्राउ 

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । 

७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । 

उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । 

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया साहको झोला तलासी गर्दा यी नक्कली नोटहरू बरामद गरेको हो । 

महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । 

निज महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । उनले उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए ।

वेदप्रसाद गौतम, प्रहरी नायव उपरीक्षक, जिल्ला प्रहरी कार्यालय, धनुषा निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । 

अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्