नेभिगेशन
समाचार

सिके राउतको दाबी-बारामा जसपाले बुथ क्याप्चर गर्‍यो

बारा–जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा–२ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् ।

बारा –२ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४–५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए ।

‘बेलडारी, झिटकैयासहित अरु १–२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भने, ‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उनले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाए ।

प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले दाबी गरे ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार