‘स्टोरी बैंक’का लागि ६ फिचर र ६ लघु चलचित्र छनोट

शनिबार, वैशाख ९, २०८०

काठमाडौं –स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि चलचित्र विकास बोर्डले अगाडि सारेको ‘स्टोरी बैंक’ अन्तर्गत यो वर्ष ६ वटा फिचर फिल्म र ६ वटा लघु चलचित्रको स्क्रिप्ट छनोट भएको छ । 

मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, सांस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट स्क्रिप्टको छनोट गरेर लेखक तथा चलचित्रको निर्माणमा प्रोत्साहनस्वरुप बोर्डले ‘स्टोरी बैंक’ कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । 

‘स्टोरी बैंक’का लागि छनोट भएका चलचित्रहरू 

१. बहुरिया (कथा÷पटकथाः सुरज यादव)

२. पेमा (कथा÷पटकथाः सुन्दर योञ्जन)

३. भुन्टे (कथा÷पटकथाः विकास न्यौपाने)

४. अल्ट्रा लेजेण्ड  (कथा÷पटकथाः अशोक गिरी)

५. फ्ल्वोइटिङ लाइक अ फेदर (कथा÷पटकथाः केशव पाण्डे)

६. चलचित्र  (कथा÷पटकथाः प्रतीक गुरुङ÷सफल के.सी.) 

छनोट भएका लघु चलचित्र 

१. बराःख्या (कथा÷पटकथाः निशा श्रेष्ठ)

२. सेनुर (कथा÷पटकथाः अनील कुर्मी)

३. जल (कथा÷पटकथाः सञ्जोग राणा)

४. अनन्यानी (कथा÷पटकथाः अम्बिका भण्डारी)

५. सिलाबाला (कथा÷पटकथाः विभूता सिटौला)

६. द लास्ट सेफर्ड (कथाः अनील बुढामगर)

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्