‘ए’ डिभिजन लिग : न्युरोडले एपीएफलाई हरायो, आर्मी र पुलिस बराबरी

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिमले एपीएफ फुटबल क्लबलाइ पराजित गरेको छ ।

शुक्रबार च्यासल मैदानमा भएको खेलमा न्युरोडले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

न्युरोडका लागि एकमात्र निर्णायक गोल सञ्जीव विष्टले गरेका थिए । जितसंगै न्युरोड टीम १३ अंकका साथ तालिकाको १० औ स्थानमा छ भने एपिएफ १४ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ ।  

त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीले गोलरहीत बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसंगै पुलिस ६ अंकका साथ तालिकाको पुछारमा रहेको छ भने आर्मी १६ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्