सर्वोच्च अदालतको आदेश

सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश [आदेशससहित]

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

आज बसेको न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो ।

न्यायाधीश राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले ३ दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो।

काठमाडौंको वायुमण्डल प्रदुषित हुन पुगेको र यो सहर संसारकै सबभन्दा प्रदुषितमा एकनम्बरमा आएको समाचार हामी सबैका लागि लज्जाको विषय भएको सर्वोच्चको ठम्याइ छ। 

त्यसमाथि काम विषेशले हजारौँ नागरिक र सेवाग्राही दिनहुँ पुग्ने सिंहदरबार क्षेत्र लगायतका ठाउँको फोहोर नउठाएर वातावरण दिनहुँ प्रदुषित भएको, आम जनमानसलाई प्रत्यक्ष असर गरिरहेको देखिएकाले अब कत्ति पनि ढिलाई नगरि फोहोर उठाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

यस्तो छ–आदेश

Supreme-court-mahanagar_11682076881.jpg

Supreme-court-mahanagar_21682076881.jpg

Supreme-court-mahanagar_31682076881.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्