भेरी नदीमा बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु

बिहीबार, वैशाख ७, २०८०

जाजरकोट– भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।  बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए ।

मृतकको ठेगाना खुलेको छैन । -रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्