ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

बिहीबार, वैशाख ७, २०८०

सर्लाही –सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग सडक खन्ड अन्तर्गतको रानीगन्ज र लालबन्दीबीचमा पर्ने जंगलमा बिहीबार भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ प्रदेस २–०३–००१ ख ८१५ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए । 
मृतक दुबैजनाको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रक र चालक लालबन्दी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्