सहिद स्मारक ‘ए’ डिभिजन लिग

‘ए’ डिभिजन लिग : एपीएफले मछिन्द्रलाई हरायो

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । 

एपीएफको जीतमा अर्मान्ड बेडोमले गोल गरे । उनले खेलको पहिलो हाफमा गरेको एक गोल नै एपीएफका लागि गोल निर्णायक साबित भयो ।  खेलको ३९औँ मिनेटमा कप्तान नवीन लामाको पासमा अर्मान्डले गोल गरेका हुन् ।

यस जितसँगै एपीएफ १० खेलबाट १४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै पराजित मछिन्द्रले १३ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा झरेको छ । 

a division leauge chart baisakha 61681916285.jpg

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्