दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

बुधबार, वैशाख ६, २०८०

महोत्तरी –बस र मोटरसाइकल ठोकिँदा महोत्तरीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

गौशालाबाट बर्दिवास जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्दिा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका अन्दाजी २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन् ।

दुर्घटनामा घाइते भएका तीनै जनाको बर्दिवासस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्