७ दिनभित्र स्पष्टीकरणसहित निर्वाचन खर्च विवरण पेस गर्न निर्देशन [नामसहित]

बुधबार, वैशाख ६, २०८०

काठमाडौं –निर्वाचन आयोगले गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई ७ दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । 

आयोगले सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने पनि आयोगले जनाएको छ ।

निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फका ३७÷३७ जना उम्मेदवारले खर्च विवरण नबुझाएको जनाउँदै आयोगले उनीहरुको नाम समेत सार्वजनिक गरेको छ ।

आयोगका अनुसार, कोशी प्रदेशमा प्रतिनिधि सभातर्फ ६ जना र प्रदेश सभा तर्फ ६ जना गरी १२ जना, मधेश प्रदेशमा प्रतिनिधि सभातर्फ ११ जना र प्रदेश सभातर्फ २२ जना गरी ३३ जना, बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ १५ जना र प्रदेश सभातर्फ ७ जना गरी २२ जना, गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ ४ जना र प्रदेश सभातर्फ एक जना गरी ५ जना, लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ एक जना, सुदुरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ एक जनाले खर्च विवरण बुझाउन बाँकी छ ।

election name1681886637.jpg

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्