चीनको एक कारखानामा आगलागी : ११ जनाको मृत्यु

बुधबार, वैशाख ६, २०८०

बेइजिङ– पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ सहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो २ः०४ बजे आगलागी मानिसहरू त्यहाँ फसेको र आगलागीमा परेको बताइएको छ।

दुई राउण्ड खोजी र उद्धारपछि मङ्गलबार बिहान करिब ४ बजे मृत्यु हुनेको पुष्टि भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०५:५९
प्रतिक्रिया दिनुहोस्