चीनको एक अस्पतालमा आगलागी : २१ जनाको मृत्यु

बुधबार, वैशाख ६, २०८०

बेइजिङ– चीनको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेसेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् ।

दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०५:३५
प्रतिक्रिया दिनुहोस्