राष्ट्रपति पौडेल अस्पताल भर्ना

मंगलबार, वैशाख ५, २०८०

काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ । 

मंगलबार  अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 

स्वास्थ्यमा अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भए पनि राष्ट्रपति पौडेलले नमानिरहेको बताइएको छ ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनी आइतबार पनि फलोअपका लागि अस्पताल पुगेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार