कर्णाली प्रदेशमा कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

मंगलबार, वैशाख ५, २०८०

सुर्खेत –नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘क’ बाट निर्वाचित सांसद कृष्णकुमार विसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

पोखरेल सामाजिक विकास मन्त्री, सिंह आर्थिक मामिला तथा योजना मन्त्री र विसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने छन् ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ बैशाखमा भएको सहमति अनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्