कोरोना अपडेट

थप २ कोरोना संक्रमितको मृत्यु

हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २५ जनाको मृत्यु
मंगलबार, वैशाख ५, २०८०

काठमाडौं – कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २५ जनाको मृत्यु भएको छ ।

२ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ ।

अहिले काठमाडौंका अस्पतालमा २२ जना भर्ना भएका छन् । तीमध्ये आठ आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले मंगलबार जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्