मिटरब्याज पीडितहरूको अडान– प्रधानमन्त्रीसँगै वार्ता [तस्बिर कथा]

मंगलबार, वैशाख ५, २०८०

काठमाडौ–चक्रवृति मिटरब्याजी पीडितहरूले प्रधानमन्त्रीसँगमात्र वार्ता गर्ने अडान लिएका छन् । उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को विरोध गर्दै प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान लिएका हेन् ।

आफ्ना माग पूरा गर्नका लागि दबाब दिँदै आन्दोलनमा उत्रिएका उनीहरूले मंगलबार शान्तिबाटिकमा पत्रकार सम्मेलन गर्दै राज्यले जति दम्न गरे पनि माग पूरा नभई घर नफर्किने बताए ।

आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अमानवीय र क्रुर दमन गरेको उनीहरू बताए । ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’, ‘मजदूर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले विरोध गरे ।

शान्तिबाटिकामा धर्ना बस्दै आएका मिटरब्याजी पीडित भद्रकाली जान खोजेपछि सोमबार प्रहरीसँग झडप भएको थियो । 

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि उनीहरूले एक पक्षीय रूपमा वार्ता भंग गरेका हुन् । वार्ता भंग भएपछि उनीहरू शान्तिबाटिकामा धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेको छ ।  

पत्रकार सम्मेलनमा पीडितहरूले ज्यानको सुरक्षा पनि माग गरे ।

रासनदेखि लिएर अन्य सामान हराएएको, खाना बनाउने ग्यास पनि हराएको र खानलाई समेत गाह्रो भएको उनीहरूले गुनासो गरे । 

meter byaji61681800736.jpg

meter byaji11681800716.jpg

meter byaji31681800691.jpg

 

meter byaji81681800821.jpg

meter byaji71681800777.jpgmeter byaji41681800679.jpg

meter byaji81681800821.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्