प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना

आइतबार, वैशाख ३, २०८०

काठमाडौं –प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको सूचना बाचन गरिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद् रघुजी पन्तले प्रधानमन्त्री ‘प्रचण्ड’ हराएको सूचना वाचन गरे ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड संसदमा आउनै छोडेपछि पन्तले सूचना वाचन गरी कटाक्ष गरे । उनले प्रधानमन्त्रीलाई अन्तिम पटक बालुवाटाराको छेउछाउतिर देखिएको भन्दै व्यंग्य गरे ।

पन्तले बाचन गरेको सूचना यस्तो छ :

नागरिकताको नाम : पुष्पकमल दाहाल ’प्रचण्ड’

चलन चल्तीको नाम : प्रचण्ड

स्थायी ठेगाना : फेरिरहने

अस्थायी ठेगाना : कहिले बालुवाटार कहिले खुमलटार

हुलिया : पहिले पहिले कोटपाइन्ट, हाल दौरासुरुवाल

उमेर : ६५ वर्ष नाघेको, ७० नपुगेको जस्तो देखिने

उहाँ केहि दिनअघि प्रतिनिधि सभामा झुलुक्क देखिएपनि हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले प्रतिनिधि सभा भवन नयाँ बानेश्वर बुझाइदिनुहोला ।

उहाँ अन्तिम पटक देखिएको स्थान : बालुवाटाराको छेउछाउ
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्