'अझै ठूलो घण्टी बजाईदिन' चितवनवासीलाई रविको आग्रह

शनिबार, वैशाख २, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन–२ मा उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफू कमजोर नभएको बताएका छन् । बरु, आफूलाई कमजोर तुल्याउन खोजिएको उनको भनाई छ ।

उपनिर्वाचनको चुनावी कोण सभालाई आज भरतपुर महानगरको वडा नम्बर ५ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चितवनका जनताले आफूलाई यसअघि अत्यधिक बहुमतले जिताएर देशमा परिवर्तनको विगुल फुकेको पनि दाबी गरे । उनले यसपटक अझै ठूलो घण्टी बजाईदिन चितवनवासीलाई आग्रह गरे । उनले देश र जनताको विकासको लागि काम गर्ने बताए ।

उनले आफूहरु राजनीतिक यत्रामा भर्खरे जोडिएकोले आफूहरुसँग जोडिएकाहरुको नियत नबुझेको पनि सुनाए । उनले आफूहरुलाई आफ्नो यात्रामा कहीँकतै अलमलिने छुट नभएको जिकिर गरे ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्