गण्डकी प्रदेशसभाको अधिवेशन ९ वैशाखमा

शुक्रबार, वैशाख १, २०८०

गण्डकी –गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्