सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना संक्रमण

बिहीबार, चैत ३०, २०७९

बैतडी– सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना संक्रमण देखिएको छ । 

गएको २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । सीमा नाकामै गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण कार्य जारी रहेको छ । 

आज चैत महिनामा संक्रमण देखिएको यो सबैभन्दा बढी हो । यसअघि बुधबार यस प्रदेशमा ३२ जनामा संक्रमण पुष्टि भएको थियो । स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

नयाँ वर्ष मनाउन स्वदेश फर्कनेको क्रम बढेसँगै यहाँ संक्रमण दरमा पनि वृद्धि भएको छ । नाकामा परीक्षण गरेर फर्किन दिइरहेको भए पनि सङ्क्रमितलाई होम आइसोलेशनमा बस्ने भन्ने गरिएको छ । सङ्क्रमितको होम आइसोलेशनमा नबस्दा समुदायमा जोखिम बढेको छ ।  

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ६८ जनामा संक्रमण देखिएको छ ।  संक्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार