दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार, चैत २८, २०७९

काठमाडौं –सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ । २७.३१ अंकले बढेर बजार १८७१.३३ विन्दुमा उक्लियो । यो १.४८ प्रतिशतको वृद्धि हो । तर, मंगलबार कारोबार रकम भने १ अर्ब पनि नाघेन ।

कुल २६२ धितोपत्रको ३५ हजार २३७ वटा कारोबारबाट ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको भयो । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा बढी उत्पादन र प्रशोधनमा वृद्धि देखियो ।

मंगलबार कालिञ्चोक दर्शन प्रालि र आदर्श लघुवित्तको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । श्रृजनशील लघुवित्त, युनिक नेपाल लुघवित्त, छ्याङ्दी हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

सोमबारदेखि कारोबारमा आएको सानिमा मिडल तमोर हाइड्रोको मूल्य मंगलबार सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेर ३१३ रुपैयाँमा आयो ।

शिवम् सिमेन्ट, मिडल तमोर, प्रभु बैंक, हिमालयन डिष्ट्रिलरी, नविल बैंकसहितका कम्पनीको धेरैले कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्