बिस्केट जात्राको रथ गःहिटी पुर्‍याइयो

मंगलबार, चैत २८, २०७९

भक्तपुर–बिस्केट जात्राका लागि तानिएको भैरवको रथलाई मंगलबार भक्तपुरको गःहिटी पुर्‍याइएको छ । 
सोमबारदेखि सुरु भएको जात्रामा भैरवको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुराइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् ।  
आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । 
प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पु¥याएका थिए । रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्