५.५४ अंकले बढ्यो सेयर बजार, ९१ करोडको कारोबार

सोमबार, चैत २७, २०७९

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सेयर बजार ५.५४ अंकले बढेको छ । नेप्सेका अनुसार, आज २९ लाख ६० हजार ८६३ कित्ता सेयर कारोबारबाट ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ कारोबार भएको छ । 

आज १८४४.०२ बिन्दुमा आएर सेयर बजार बन्द भएको छ । कुल सूचीकृत २१६ वटा कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज सानिमा मध्य तमोर हाइड्रोपावार लिमिटेडका लगानीकर्ताले १० प्रतिशतको सर्किट लेभलको कारोबार गरेर सवैभन्दा बढी नाफा कमाए । आज ग्लोबल आइएमइए लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ६.५४ प्रतिशतले घाटा ब्यहोरे ।

आज सबैभन्दा बढी सिबम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भयो । कम्पनीको ६ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । 

सबैभन्दा बढी सानिमा मध्य तमोर हाइड्रोपावार लिमिटेडले २ लाख ६ हजार २४७ कित्ता सेयर किनबेच गरेको छ भने सोही कम्पनीले १२ हजार ७७८ पटक सेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्