‘फोन टेप’बारे रविले भने– प्रहरी र अख्तियारमा निवेदन दिन्छौँ

आइतबार, चैत २६, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा.ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका हुन् ।

उनले भने, ‘पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसंग रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले पैसा मागेको ‘फोन टेप’ अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्