जापानी विद्यालयमा शिशु भर्नादरमा कमी

आइतबार, चैत २६, २०७९

टोकियो– जापानका कम्तीमा ४० प्रतिशत  शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ ।  

हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको सङ्ख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर नै प्रमुख कारण देखाइएको छ जसले गर्दा बाल हेरचाहको माग घटेको छ ।

सर्वेक्षण फेब्रअरी र मार्चमा १०९ प्रिफेक्चुरल क्यापिटल, सरकारी अध्यादेशद्वारा तोकिएका शहर, टोकियोका २३ वटा वडा र हार्टल्याण्ड शहरमा गरिएको थियो । एकसय तीन स्थानीय सरकारद्वारा निरीक्षण गरिएको लगभग १८ हजार नर्सरी स्कूलमध्ये करिब छ हजार ८०० अप्रिलको लागि लिइने भर्नाको कोटा पूरा गर्न असफल भएका छन् ।  

घट्दो जन्मदर बाहेक बाल हेरचाह गर्ने कामदारको अभाव र केही सुविधाको लागि अभिभावकको प्राथमिकता पनि कमीको कारण रहेको हुनसक्ने सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार