सहिद स्मारक ‘ए’ डिभिजन : मछिन्द्रद्वारा संकटा २–१ ले पराजित

आइतबार, चैत २६, २०७९

काठमाडौं–नवनियुक्त प्रशिक्षक किशोरकुमार केसीले मछिन्द्र फुटबल क्लबबाट आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद सुरुवात गरेका छन् । लिगमा केसीको प्रशिक्षणमा पहिलो खेल खेलेको मछिन्द्रले संकटालाई २–१ ले पराजित गरेको हो ।

साविक विजेतासमेत रहेको मछिन्द्रको लिगमा यो दोस्रो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले १९औँ मिनेटमा विमल घर्तीमगरको गोलबाट अग्रता लिएको थियो । तर, त्यसको तीन मिनेट नबित्दै संकटाका मनिष डाँगीले बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै आफिज ओलावलेले गरेको गोलबाट मछिन्द्रले पुनः अग्रता लिएको थियो । त्यही गोल निर्णायक बन्दा मछिन्द्रले तीन अंक सुरक्षित ग¥यो ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्