महिला ओलम्पिक छनोट खेल

भियतनामसँग पराजित नेपाल पहिलो चरणबाटै बाहिरियो

शनिबार, चैत २५, २०७९

काठमाडौँ– पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोट खेलको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ ।

काठमाडौँको दशरथ रंगशालामा आज भएको खेलमा भितनामसँग नेपाल २–० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५–१ ले पराजित भएको नेपाल ७–१ को नतिजासँगै ओलम्पिक–२०२४ को महिला फुटबल छनोट खेलबाट बाहरिएको हो । 

यस जितसँगै भियतनाम भने समूह सीबाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहार गोल भयो । त्यसको एक मिनेट पनि नबित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् ।

खेलको सुरुवाती ७ औँ मिनेटमै दुई गोलले पछि परेको नेपालले सुधारिएको प्रदर्शन गरेतापनि नेपालले एक गोल पनि फर्काउन सकेन । दोस्रो हाफमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा परिवर्तन गरेर अन्जना राना मगरलाई मैदानमा उतारेको नेपालले ६६औं मिनेटमा पेनाल्टी बक्समा पाएको अवसर सदुपयोग गर्न सकेन । 

त्यस्तै, खेलको खेलको ८७ औ मिनेटमा नेपालले पाएको अर्को अवसरलाई विमला चौधरीले समयमा सदुपयोग नगर्दा भियतनामका डिफेन्डरले क्लियर गरिदिए ।

यसअघि बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार