ओलम्पिक छनोट : भियतनामसँग बदला लिने दाउमा नेपाल

शनिबार, चैत २५, २०७९

काठमाडौँ– पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटको पहिलो चरणको दोस्रो खेलमा आज नेपाल भियतनामसँग भिड्दैछ ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपाल बुधबार भएको पहिलो खेलमा भियतनामसँग ५–१ को विशाल अन्तरले पराजित भएको थियो । यसर्थ, आज घरेलु टोली नेपाल त्यसैको बदला लिन चाहन्छ ।

छनोटको पहिलो चरणमा नेपाल र भियतनाम समूह ’सी’मा छन् । यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए । तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोेस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । 

समूहको शीर्ष स्थानमा रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्