नक्कली भुटानी शरणनार्थी बनाएर अमेरिका लग्ने गिरोहमा देखियो राजनीतिक संलग्नता

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– नक्कली भुटार्नी शरणनार्थी बनाएर अमेरिका लग्ने गिरोहमा राजनीतिक संलग्नता देखिएको छ । 

नक्कली भुटानी शरणनार्थी बनाएर अमेरिका लैजाने भनी ८७५ जना नेपाली युवालाई ठूलो गिरोहले करोडौं रकम ठगी गरेको विषयमा राजनीतिक संग्लग्नता देखिएको हो ।

नेकपा (एमाले)का नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोह यसमा संलग्न भएको पुष्टि भएको छ । 

यस्तै, हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले पनि यसमा सहयोगीको भूमिका निर्वाह गरेको देखिएको छ ।

यसैबीच, गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

नक्कली भुटानी शरणनार्थी प्रकरणमा यतिबेलान गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेको छ । यसक्रममा राजनीतिक संरक्षणकै बलमा गिरोहले नक्कली शरणनार्थीको सूची संकलन गरेको पुष्टि भएको हो ।

यसरी पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसँगै उनका छोरा नीरज, केशवप्रसाद दुलाललगायत व्यक्ति संलग्न भएको अनुसन्धानले देखाएको छ ।

दुलाललगायत चार व्यक्ति भने १० दिनअघि पक्राउ परिसकेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्