सरकारको १०० दिन उपलब्धीविहीन : एमाले सांसद रघुजी पन्त

बिहीबार, चैत २३, २०७९

काठमाडौं –नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिन उपलब्धीहीन भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले सरकारको सय दिनमा भ्रष्टाचार बढेको र देश नै दिशाहीन भएको आरोप लगाए ।

‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो’ पन्तले भने ।

सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको उनको दाबी छ । उनले भने, ‘३७ बुँदामा न किसानका समस्या छन्, न त देशको गम्भीर अवस्थाबारे भिजन छ,’उनले टिप्प्णी गर्दैै भने ।

१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्