संसद् र देशलाई उपेन्द्र यादवको खाँचो छ : नेपाल

बिहीबार, चैत २३, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् ।

जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औल्याएका हुन् ।

बाराको २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपील गर्दै नेता नेपालले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्