युक्रेनी बालबालिकालाई देश निकाला गरेको भन्दै राष्ट्रसङ्घद्वारा रुसको निन्दा

बुधबार, चैत २२, २०७९

जेनेभा- संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्ले मङ्गलबार रुसलाई युक्रेनी बालबालिका र अन्य नागरिकहरू जबरजस्ती आफ्नो नियन्त्रणमा रहेको इलाकामा हस्तान्तरण गरिएकोबारे पहुँच र जानकारी उपलब्ध गराउन माग गरेको छ ।

शीर्ष संयुक्त राष्ट्रसङ्घीय अधिकार निकायले मस्कोलाई ‘युक्रेन वा रुसी सङ्घभित्र नागरिक र अन्य संरक्षित व्यक्तिहरूको गैरकानुनी एवं तवरले जबर्जस्ती स्थानान्तरण र निर्वासन बन्द गर्न” माग गर्दै एक प्रस्तावसमेत पारित गरेको छ ।  
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०६:१४
प्रतिक्रिया दिनुहोस्